ट्रम्पद्वारा वाल स्ट्रिट जर्नल र पत्रकारविरुद्ध १० अर्ब डलरको मानहानी मुद्दा दर्ता
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल, रुपर्ट मर्डोक र दुई पत्रकारविरुद्ध १० अर्ब डलर क्षतिपूर्तिसहित मानहानी मुद्दा दायर गरे।
- मुद्दाको केन्द्रमा सन् २००३ मा ट्रम्पले जेफ्री एप्स्टिनलाई पठाएको शुभकामना पत्र सम्बन्धी रिपोर्ट रहेको छ।
- ट्रम्पका वकिलले वाल स्ट्रिट जर्नलले जानीजानी झुटो रिपोर्ट प्रकाशित गरेको आरोप लगाएका छन्, जसले ट्रम्पको प्रतिष्ठामा क्षति पुर्यायो।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिष्ठित समाचार संस्था वाल स्ट्रिट जर्नल, यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोविरुद्ध १० अर्ब डलर क्षतिपूर्तिसहित मानहानी मुद्दा दायर गरेका छन्।
मुद्दाको केन्द्रमा पत्रकारहरूले लेखेको एउटा रिपोर्ट रहेको छ, जसमा राष्ट्रपति ट्रम्पले सन् २००३ मा विवादास्पद व्यक्ति जेफ्री एप्स्टिनलाई ५० औँ जन्मदिनको शुभकामना पत्र लेखेको र त्यसमा उनले हस्ताक्षर पनि गरेको भनिएको थियो। ट्रम्पले उक्त दाबीलाई पूर्णतः अस्वीकार गरेका छन्।
ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले अदालतमा दायर गरेको मुद्दामा वाल स्ट्रिट जर्नललाई उक्त रिपोर्ट असत्य र बनावटी भएको थाहा हुँदाहुँदै तथ्यमाथि ध्यान नदिई द्वेषपूर्ण ढंगले लेख प्रकाशित गरिएको दाबी गरिएको छ ।
मुद्दामा उल्लेख गरिएको छ, ‘पत्रकारहरूलाई लेखमा प्रयुक्त सामग्री झूटा र भ्रामक भएको थाहा हुँदाहुँदै पनि लेख सार्वजनिक गरियो, जुन लाखौं पाठकमा पुग्यो।’
ट्रम्प पक्षका अनुसार, समाचार प्रकाशित गर्नु अघि नै वाल स्ट्रिट जर्नललाई लेख गलत भएको र प्रकाशित गर्नु हुँदैन भन्ने चेतावनी दिइएको थियो।
मुद्दामा ट्रम्पको प्रतिष्ठा, छवि र आगामी राजनीतिक सम्भावनामा समेत आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ। मुद्दाको सुनुवाइको माग गर्दै ट्रम्पका वकिलहरूले अदालतसँग औपचारिक अनुरोध गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण