घुस अस्वीकार गर्ने प्रहरीलाई सोही रकम बराबरको पुरस्कार !
सारांश
- रुसको रोस्तोभ क्षेत्रमा प्रहरीले घुस अस्वीकार गरे पुरस्कार पाउने अनौठो योजना सुरु भएको छ।
- यस योजनाअनुसार, घुस लिने प्रयास गर्ने व्यक्तिलाई मुद्दा चलाइनेछ, तर यसले भ्रष्टाचार बढाउन सक्ने चिन्ता पनि छ।
- यस योजनाको आलोचना गर्दै केही सांसदहरूले प्रहरीले पैसा कमाउन नागरिकलाई फसाउन सक्ने बताएका छन्।
रोस्तोभ । रुसको रोस्तोभ क्षेत्रमा प्रहरी भ्रष्टाचार विरुद्ध एउटा अनौठो योजना सुरु गरिएको छ । अब प्रहरीहरूले घुस अस्वीकार गरेमा, उनलाई प्रस्ताव गरिएको रकम पुरस्कार स्वरूप दिइने भएको छ ।
दैनिक जीवनमै प्रहरीसँगको भ्रष्टाचारको सामना गर्नुपरेको आम मानिसले चिन्ता व्यक्त गरिरहेका बेला यो योजना थप विवादको विषय बनेको छ । क्षेत्रीय आन्तरिक मामिला मन्त्रालयको रोस्तोभ महानिदेशालयले लागू गरेको यो योजना अनुसार, कुनै प्रहरीले ड्युटीका क्रममा घुस अस्वीकार गरेर त्यसको जानकारी दिन्छ भने, उसले घुस प्रस्ताव गरिएको रकम आफैँ पुरस्कार स्वरूप प्राप्त गर्नेछ ।
रोस्तोभ महानिदेशालयका प्रमुख अलेक्जेन्डर रेचिट्स्कीले समाचार संस्था आरआईए नोभोस्टीलाई भने, ‘हामीले अहिले त्यस्ता प्रहरीहरूलाई घुसको रूपमा प्रस्ताव गरिएको रकम पुरस्कार स्वरूप दिने अभ्यास सुरु गरेका छौं । यो हाम्रो दृढ भ्रष्टाचारविरोधी नीति हो ।’
यो योजनाअनुसार, घुस प्रस्ताव गर्ने व्यक्तिविरुद्ध रुसी फौजदारी संहिताको धारा २९१ (घुस दिने कार्य) अन्तर्गत मुद्दा चलाइनेछ । यसले नागरिकहरूलाई घुस नदिन चेतावनी दिन्छ । तर, रूसी संसद (स्टेट डुमा) का केही सदस्यहरूले भने यसले उल्टै भ्रष्टाचारलाई बढवा दिने आशङ्का व्यक्त गरेका छन् ।
स्टेट डुमाका सांसद आन्द्रेई आल्शेभ्स्की भन्छन्, ‘अब त प्रहरीहरूलाई घुस अस्वीकार गरेर पैसा पाउने लोभले झनै नागरिकहरूलाई फसाउने र एक्सटोर्सन गर्ने डर छ । उनीहरूले जबरजस्ती घुस प्रस्ताव गराउने अवस्था सिर्जना गरी पछि हिरो बन्ने र पैसा पनि पाउने प्रयास गर्न सक्छन् ।’
त्यस्तै, सुरक्षा तथा भ्रष्टाचारविरोधी समितिका उपाध्यक्ष मिखाइल स्टार्शिनोभले पनि प्रश्न उठाएका छन्, ‘यो योजना किन केवल रोस्तोभमा मात्र लागू गरिएको हो? यसका लागि रकम कहाँबाट आएको हो ? के यो कानुनी रूपमा प्रहरीलाई घुसको पैसा राख्न दिने अनुमति हो?’
यसका बाबजुद, रोस्तोभ प्रहरी कार्यालयले आफ्नो टेलिग्राम च्यानलमार्फत योजना कार्यान्वयनमा आएको पुष्टि गर्दै केही प्रहरीलाई पुरस्कार दिइएको जनाएको छ । हालै ट्राफिक प्रहरी निरीक्षक तुराल साफारोवलाई ३०,००० रूबल घुस अस्वीकार गरेबापत पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण