अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन
सारांश
- डा. श्रेष्ठले विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको तर्फबाट सम्बोधन गरे।
- उनले नेपालमा पशु चिकित्सा क्षेत्रको विकासका लागि सहकार्यको आह्वान गरे र कार्यक्रम आयोजना गर्न तत्परता देखाए।
- महासभामा डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको सदस्यताको प्रतिबद्धता जनाए।
काठमाडाैँ । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष डा सितलकाजी श्रेष्ठले सम्बोधन गरे । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा जुलाई १८ मा भएको उक्त महासभामा डा श्रेष्ठबाट सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व भएको थियो।
महासभामा सम्बोधन गर्दै डा श्रेष्ठले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरू सँग सहकार्यको आह्वान समेत गरे ।
साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि खालको कार्यक्रम नेपालले आयोजना गर्न सदैव तयार रहेको कुरा पनि उल्लेख गरे । सम्बोधनकै क्रममा डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्यता लिने प्रतिबद्धता समेत व्यक्त गरे ।
डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव समेत हुन् । जुलाई १८ मा भएको उक्त महासभामा ९० राष्ट्रबाट सहभागिता भएको थियो । नेपाल लगायत अन्य ४ राष्ट्रबाट उक्त महासभामा सम्बोधन गरेका थिए।
महासभामा डा श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरु सँग शिष्टाचार भेटघाट समेत गरे ।
२०२५ को महासभा जापानको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ बाट विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण