शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

शनिबार, ०३ साउन २०८२, १२ : ३७
शनिबार, ०३ साउन २०८२

सारांश

  • नेपाल-भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ, जसमा सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ मर्मतमा छलफल हुनेछ।
  • गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन परिमार्जन र प्रहरीलाई सक्षम बनाउने विधेयक संसदमा विचाराधीन रहेको जानकारी दिए।
  • बैठकमा सीमा क्षेत्रमा आवतजावतलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल हुनेछ।

काठमाडौँ । ९ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ । संघीय संसद् राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले सो जानकारी दिएका हुन् । 

गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरू र भारतीय पक्षका पनि निकायका प्रतिनिधिहरूको उपस्थितिमा बैठक हुन लागेको बताए ।

बैठकमा सीमामा हुने अपराधको नियन्त्रण, सीमा स्तम्भहरूको मर्मतसम्भार लगायतका विषयमा छलफल हुने गृहमन्त्री लेखकले जानकारी दिए । यस्तै सीमा क्षेत्रमा हुने आवतजावत व्यवस्थित गर्न पनि गृह सचिवस्तरीय बैठकको महत्त्व रहेको उनको भनाई थियो । 

अन्तर्राष्ट्रिय सीमा निर्धारण तथा सिमानामा आउने समस्याबारे छलफल गर्ने बेग्लै निकाय भए पनि सीमासम्बन्धी अपराध नियन्त्रणका लागि गृहसचिव नेतृत्वको संयन्त्रले नै काम गर्ने उनले बताए ।

गृहमन्त्री लेखकले २०१२ सालमा बनेको प्रहरी ऐन नै आजसम्म कार्यान्वयनमा रहेको भन्दै ७० वर्षपछि प्रहरीसम्बन्धी विधेयक हालै संसदमा विचाराधीन रहेको बताए । यो विधेयकले प्रहरीलाई सक्षम बनाउने र शान्तिसुरक्षा कायम गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । सीमित स्रोत र साधनका बाबजुद पनि धेरै खट्नुपरेको र त्यसले कतिपय समस्या तथा जटिलताहरू देखा परेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप