राजेश हमाल कर्णाली एसभीएसको ‘ब्रान्ड एम्बेस्डर’
सारांश
- कर्णाली एसभिएसले महानायक राजेश हमाललाई एभरेस्ट महिला भलिबल लिगको दोस्रो सिजनका लागि ब्रान्ड एम्बेसडर बनाएको छ।
- राजेश हमाल र कर्णाली एसभिएसका व्यवस्थापकबीच शनिबार सम्झौता भएको थियो।
- हमालले महिला खेलाडीलाई हौसला प्रदान गर्ने अवसरका लागि खुसी व्यक्त गरे र कर्णाली एसभिएसले जित्ने विश्वास व्यक्त गरे।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दोस्रो सिजनका लागि कर्णाली एसभीएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली एसभीएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कर्णाली एसभीएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए । त्यस्तै महानायक हमालले कर्णाली एसभीएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुसी व्यक्त गरे ।
हमालले आफूले पनि जीवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भने भलिबल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरूले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली एसभीएसले यो वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे ।
कर्णाली एसभीएसले बिहीबार मात्रै प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो ।
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण