एभरेस्ट महिला भलिबल लिगको सद्भावना दूतमा अभिनेत्री सनिशा
शनिबार, ०३ साउन २०८२, १६ : ५३
सारांश
- अभिनेत्री सनिशा भट्टराई पोखरामा हुने महिला भलिबल लिगको सद्भावना दूतमा नियुक्त भएकी छिन्।
- भट्टराईले खेल महिला सशक्तीकरणको अभियान भएको बताइन्, र सामूहिक प्रयासको आवश्यकता औंल्याइन्।
- उनले '१२ गाउँ' बाट फिल्म यात्रा सुरु गरेकी थिइन् र राजेश हमालसँग 'नरसिंहा: अवतार' मा अभिनय गरिन्।
काठमाडौँ । अभिनेत्री सनिशा भट्टराई पोखरामा आयोजना हुने ‘वत्सल्य एभरेस्ट महिला भलिबल लिग–२०२५’ को सद्भावना दूतमा नियुक्त भएकी छन् । आयोजक टिमले भट्टराईलाई आधिकारिक रूपमा सद्भावना दूत घोषणा गरेको हो ।
उनले यो अवसर आफ्ना लागि गौरव भएको बताइन् । `यो केवल खेल प्रतिस्पर्धा होइन, महिलाको सशक्तीकरणको अभियान हो´उनले भनिन्, `खेलमार्फत महिलाको क्षमता उजागर गर्न सामूहिक प्रयास जरुरी छ ।´
‘१२ गाउँ’बाट फिल्म यात्रा सुरु गरेकी भट्टराईले केही समयअघि अभिनेता राजेश हमालसँग ‘नरसिंहा : अवतार’अभिनय गरेकी थिइन् ।
उनी अहिले नाटक ‘शिरिषको फूल’ अभिनय तयारी गर्दै छिन् । नाटकमा उनको जोडी अभिनेता जीवन लुइँटेल हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण