देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला
शनिबार, ०३ साउन २०८२, १८ : ५४
सारांश
- देशभरका विभिन्न जिल्लामा आठ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
- केही शव सडक छेउ, खोला, खेत र नदी किनारमा भेटिएका छन्, भने केहीको सनाखत हुन सकेको छैन।
- प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ र मृतकहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ।
काठमाडौं, साउन ३ - देशभरका विभिन्न जिल्लामा आठ जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। केही शव सडक छेउ, खोल्सो, खेत र नदी किनारमा भेटिएका छन् भने केहीको परिचय नखुलेको प्रहरीले जनाएको छ।
- तनहुँ - भानु नगरपालिका–७ थापागाउँस्थित सडक छेउमा सोही नगरपालिकाको वडा नं. ४ कमलबोटे निवासी ५९ वर्षीय तपु तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
- झापा - हल्दिवारी गाउँपालिका–५ चारघरेका ८० वर्षीय भीमबहादुर बिष्ट सोही स्थानस्थित भुतेनी खोलामा मृत अवस्थामा फेला परेका छन्।
- मोरङ - कटहरी गाउँपालिका–१ का ६२ वर्षीय बुद्धिराम माझी आफनै खेतमा मृत अवस्थामा भेटिए। यस्तै, बुढीगंगा गाउँपालिका–२ थानपट्टीस्थित सडक छेउमा खोटाङ, खोटेहाङ गाउँपालिका–६ घर भई बसोबास गर्दै आएका ५६ वर्षीय रमेश परियार पनि मृत अवस्थामा फेला परेका छन्।
- कञ्चनपुर - पुनर्वास नगरपालिका–१० विकास बस्तीस्थित दोदा नदीमा पुनर्वास नगरपालिका–२ दशरथ बस्तीकी २१ वर्षीया कमला खातीको शव फेला परेको छ।
- सोलुखुम्बु - माप्य दुधकोशी गाउँपालिका–६ चोस्मीका ६१ वर्षीय नरबहादुर मगर गोरेटो बाटोमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
- बाँके - खजुरा गाउँपालिका–३ मानपुरस्थित सडक छेउमा सोही ठाउँका ४२ वर्षीय राकेश कमोचार्य शनिबार बिहान मृत अवस्थामा भेटिएका हुन्।
- सुनसरी - दुहबी नगरपालिका–२ फरवर्ड टोलस्थित सडक छेउमा एक अन्दाजी ३० वर्षको पुरूष मृत अवस्थामा फेला परेका छन्। उनको नाम, थर र वतन खुल्न बाँकी छ।
यी घटनासम्बन्धमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण