कोशीदेखि कर्णालीसम्म मेघगर्जनसहित वर्षा, सावधानी अपनाउन आग्रह
शनिबार, ०३ साउन २०८२, १९ : २३
सारांश
- कोशी र मधेश प्रदेशका पूर्वी भागमा मौसमी प्रणाली सक्रिय छ, हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- गण्डकी र कर्णाली प्रदेशका केही जिल्लामा पनि मौसम अस्थिर रहने सम्भावना रहेको छ।
- महाशाखाले जोखिमलाई मध्यनजर गर्दै ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ । हाल कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भू–भाग, गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ र कास्की, साथै कर्णाली प्रदेशको जाजरकोट,सुर्खेत, डोल्पा र मुगु (सिमिकोट आसपास) का जिल्लामा मौसमी प्रणाली सक्रिय रहेको छ । सो क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार हाल देखिएको मौसमी प्रणाली दक्षिण पश्चिम दिशातर्फ विस्तार हुँदैछ, जसका कारण ती क्षेत्र आसपासका जिल्लाहरूमा आगामी केही घण्टासम्म पनि मौसम अस्थिर रहने सम्भावना छ। सम्भावित जोखिमका कारण महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण