बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

लस एन्जलसमा कारले भिडलाई ठक्कर दिँदा २८ जना घाइते, ७ जनाको अवस्था गम्भीर

शनिबार, ०३ साउन २०८२, २१ : १८
शनिबार, ०३ साउन २०८२

सारांश

  • लस एन्जलसमा कारले ठक्कर दिँदा कम्तीमा २८ जना घाइते, जसमध्ये ७ जनाको अवस्था गम्भीर छ।
  • घटना सान्ता मोनिका बुलभार्डको नाइट क्लब नजिकै बिहान २ बजे भएको थियो, एक जनालाई गोली लागेको आशंका छ।
  • प्रहरी अनुसन्धान जारी छ, र घटना कसरी भयो भन्ने कारण अझै स्पष्ट छैन, घाइतेहरूलाई अस्पताल लगियो।

लस एन्जलस । अमेरिकाको लस एन्जलसस्थित सान्ता मोनिका बुलभार्डमा भीडमा कारले ठक्कर दिँदा कम्तीमा २८ जना घाइते भएका छन्। लस एन्जलस फायर डिपार्टमेन्ट (एलएएफडी) का अनुसार, यसमध्ये ७ जनाको अवस्था अत्यन्त गम्भीर छ भने ६ जना गम्भीर घाइते छन्।

यो घटना नर्थ भर्मन्ट एभिन्युको नाइट क्लब नजिकै, सान्ता मोनिका बुलभार्डको चोकमा स्थानीय समय अनुसार बिहान २ ः ०० बजे भएको थियो। यो क्षेत्र लस एञ्जलसको व्यस्त र चर्चित नाइटलाइफ क्षेत्र मानिन्छ।

एलएएफडीका कप्तान एडम भ्यानगर्पेनका अनुसार घाइतेमध्ये एक जनाको गोली लागेको छ र उनी गाडी चालक हुन सक्ने आशङ्का गरिएको छ। ‘हामीले पुष्टि भने गरेका छैनौँ,’ उनले भने। घटनापछि प्रहरी अनुसन्धान जारी रहेको जनाइएको छ।

घटनास्थलका तस्बिरहरूमा एउटा खैरो रङको कार फुटपाथमा देखिन्छ, वरपर सामानहरू छरिएको र ठूलो सङ्ख्यामा प्रहरी परिचालन देखिएको छ। कसरी गाडी भिडमा पस्यो भन्ने कारण भने अझै स्पष्ट भइसकेको छैन। घाइतेहरूलाई विभिन्न अस्पताल र ट्रमा सेन्टरमा लगिएको छ।

कप्तान भ्यानगर्पेनका अनुसार, भीडमा रहेका धेरैजसो महिला थिए जो नाइट क्लब प्रवेश गर्न लाइनमा बसेका थिए। ‘यो निकै अराजक र अप्ठ्यारो अवस्था थियो,‘ उनले भने, ‘नाइट क्लबका वरपर रहेका मानिसहरूले उद्धारमा सघाएका थिए।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप