सिन्धुपाल्चोकको जुरेमा पहिरो, सडक अवरुद्ध
आइतबार, ०४ साउन २०८२, १० : ३३
सारांश
- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ स्थित जुरेमा पहिरो खसेको छ।
- पहिरोका कारण अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
- सडक विभाग र स्थानीय निकायको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ।
काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित जुरेमा पहिरो खसेको छ । आइतबार बिहान साढे ५ बजेतिर सडकमा पहिरो खसेको हो ।
पहिरोका कारण अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
जुरे स्थित ८० किलो भन्ने स्थानमा खसेको पहिरो सडक विभाग र स्थानीय निकायसँगको समन्वयमा पन्छाउने काम भइरहेको एसपी सुवेदीले जानकारी दिए । अविरल वर्षाको कारण सो स्थानमा माथिबाट लेदो र ढुङ्गा मुढा खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण