पोखरा फाइनान्स र समृद्धि फाइनान्सबिच मर्जर सम्झौता
सारांश
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाने सम्झौता भयो।
- सम्झौता अनुसार, दुवै कम्पनीले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरे।
- मर्जरपछि बन्ने संस्थाको नाम र स्वाप रेसियोबारे विस्तृत जानकारी खुलाइएको छैन।
काठमाडौँ । दुई वित्त कम्पनीहरू एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् । पोखरा मुख्य कार्यालय रहेको पोखरा फाइनान्स र हेटौँडा मुख्य कार्यालय रहेको समृद्धि फाइनान्सले मर्जरमा जाने गरी आइतबार बिहान प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेको समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले जानकारी दिए ।
अहिले पोखरा फाइनान्सका २४ वटा शाखा छन् । उक्त फाइनान्ससँग हाल १ अर्ब ८ करोड चुक्ता पुँजी रहेको छ भने प्रतिशेयर नेटवर्थ ४८.७५ रुपैयाँ रहेको छ । पोखरा फाइनान्स तेस्रो त्रैमाससम्म प्रतिशेयर ८ रुपैयाँ नाफामा रहेको थियो ।
त्यस्तै, समृद्धि फाइनान्ससँग हाल ८१ करोड ८९ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । उक्त कम्पनीको विभिन्न स्थानमा गरी १४ वटा शाखा रहेका छन् । गत चैत मसान्तसम्म उक्त फाइनान्सको नेटवर्थ ५३.६३ रुपैयाँ रहेको थियो । समृद्धि फाइनान्स भने नोक्सानीमा चल्दै आएको छ ।
मर्जर सम्झौता भए पनि नयाँ बन्ने संस्थाको नाम, स्वाप रेसियो लगायतको विषय भने खुलाइएको छैन । यद्यपि दुई संस्थाबिच १ः१ अनुपातमै स्वाप रेसियो कायम गर्ने सहमति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण