बरालको पुस्तक ‘मःमः का पाइलाहरू’ विमोचन
सारांश
- विनोद बरालको पुस्तक 'मःमः का पाइलाहरू' लन्डनमा विमोचन गरियो।
- पुस्तक विमोचन कार्यक्रममा युवराज नयाँघरे, नवीन गुरुङलगायतको उपस्थिति थियो।
- बरालले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्रिय रहने बताए।
लन्डन । खाद्य तथा स्वादका राजदूतका रूपमा परिचित विनोद बरालको ‘मःमः का पाइलाहरू’को विमोचन भएको छ । बेलायतमा बसोबास गर्दै आएका बरालको उक्त पुस्तक लन्डनस्थित विजनेश डिजाइन सेन्टरको ‘दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभल’मा विमोचन भएको हो ।
साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, मदिराविद् तारा वाइबनले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।
‘हरेक परिकारसँगै देश, संस्कृति र आफ्नो मौलिकता पनि सँगै जाने गर्छ । यो कृति मार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको छ’ विमोचनपछि नयाँघरेले भने ।
नेपाली जनजातिका अन्य निकै खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भूमिका खेल्ने धारणा उनले राखे ।
कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैँ क्रियाशील भइरहने बताए । अभियन्ता गुरुङ, उद्यमी वाइबन, राईले कृतिको सफलताका लागि बराललाई शुभकामना दिएका थिए ।
कार्यक्रमको आयोजकमा मोः मोः फाउन्डेसन र सहआयोजक सरस्वती केन्द्र नेपाल रहेको थियो । पोखरामा जन्मिएका बराल लामो समयदेखि लन्डनमा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण