खुल्यो स्याफ्रुवेँसी –रसुवागढी सडक
सारांश
- बाढीले क्षतिग्रस्त स्याफ्रुवेँसी-रसुवागढी सडक १३ दिनपछि खुलेको छ।
- सडक मर्मत बाढीले क्षति गरेको दोस्रो दिनदेखि सुरु गरिएको थियो र आज खुलाउन सफल भयो।
- गत असार २२ गतेको बाढीले चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुलमा क्षति पुर्यायो।
काठमाडौँ । बाढीले क्षतिग्रस्त स्याफ्रुवेँसी –रसुवागढी सडक खुलेको छ । १३ दिनपछि ट्र्याक खोल्न सफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी रसुवागढी सडक योजनाका सब इन्जिनियर तथा प्राविधिक रूपनारायण पौडेलले जानकारी दिए ।
‘११ औँ दिनको कडा मेहनतपछि बाटो खुल्यो । बाटो साँघुरो छ । सबै प्रकारका सवारी एकतर्फी सञ्चालन गर्न सकिने भएको छ ,’ उनले भने ।
बाढीले क्षति गरेको दोस्रो दिनदेखि सडक मर्मत सुरु गरिएको थियो । शुक्रबार खुलाइने भनिए पनि कडा चट्टानसहितको भिर कटान गर्न नसक्दा असफल भएको र आज खुलाउन सफल भएको उनको भनाइ छ ।
गत असार २४ गते बिहानै आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुल क्षतविक्षत बनाएको थियो । चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ठुलो जनधनको क्षति भएको छ ।
मितेरी पुलमा दसैँअघि बेलिब्रिज जडान गर्न चीनसँग सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण