युकेमा सम्मानित भइन् सरिना
काठमाडौँ । अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङ्फु खेलाडी सरिना घलेलाई धादिङ–नुवाकोट समाज युकेले सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङ्फु सङ्घका अध्यक्ष संजीतकुमार राईले बताए ।
सरिनालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा र समाजका अध्यक्ष धनबहादुर तामाङले एनुअल समर गेट टुगेदर कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरे ।
सरिनाले युकेमा भएको २ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङ्लिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन् ।
यसअघि सरिनालाई सोही सफलताको करद गर्दै तमु धि समाज युके र मगर एसोसिएसन युकेले पनि सम्मान गरेको थियो ।
नुवाकोट किस्पाङ गाउँपालिका १ की सरिना युकेमै मास्टर्स अध्ययन गरिरहेकी छन् । तेस्रो डान सरिनाले युकेमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने तयारी गरिरहेको अध्यक्ष राईले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण