‘महाभोज’ चलचित्र हेरेपछि प्रचण्डको प्रतिक्रिया : सामन्तवाद अन्त्य भए पनि अवशेष अझै बाँकी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयपछि चलचित्र हलमा गएर ‘महाभोज’ चलचित्र हेरेको जनाएका छन्। चलचित्र हेरेपछि सामाजिक सञ्जालमा व्यक्त गरेको प्रतिक्रियामा उनले चलचित्रलाई ‘चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक’ भन्दै प्रशंसा गरेका छन् ।
प्रचण्डले चलचित्रले सामन्तवादको अन्त्य भए पनि त्यसका केही अवशेष अझै बाँकी रहेको यथार्थलाई उजागर गरेको उल्लेख गर्दै लेखेका छन्, ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ ।’
उनले यथार्थ चित्रणमा जीवन्त अभिनय प्रस्तुत गर्ने सम्पूर्ण कलाकार, निर्माता, निर्देशक र निर्माण टिमलाई मनदेखि धन्यवाद दिँदै युवा पुस्तालाई पनि चलचित्र हेरेर यसको गहिरो सन्देश बुझ्न अपिल गरेका छन् ।
‘आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ,’ प्रचण्डले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण