एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु (तस्बिरहरू)
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी विधानका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत हुनेछ ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।
_IBYgPdNYZq.jpg)
प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइएको बताइएको छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र बैठकमा बोल्ने अवसर पाउने छन् ।
_cLJSSmnfgS.jpg)
पार्टीको साउन १ गते बसेको सचिवालय,२ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव गरिसकेको छ । उपाध्यक्ष पौडेलले विधानका यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।
केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ । भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।
_g1wrgp1djc.jpg)
_F4DWXR6LU6.jpg)
_pfWnFN9jCF.jpg)
_DDZXzVkGie.jpg)
_YKkCtiHcCs.jpg)
_EU7ImdgRwr.jpg)
_wJimPHAdHh.jpg)
_KMO1O1ziS9.jpg)
_1LVTITHw4t.jpg)
_1WjbiviGgP.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण