‘टेक एक्सः एलिभेट २०२५’ सम्पन्न
काठमाडौँ । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको चार दिने प्रविधि महोत्सव ‘टेक एक्सः एलिभेट २०२५’ सम्पन्न भएको छ ।
असार ३२ देखि साउन ३ गतेसम्म सञ्चालन भएको यस कार्यक्रमले प्रविधिमा रुचि राख्ने विद्यार्थी, व्यवसायी, शैक्षिक प्रतिनिधि, इन्फ्लुएन्सर र लगानीकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो ।
कार्यक्रममा १०,००० भन्दा बढी आगन्तुकहरू, ५० भन्दा बढी शैक्षिक संस्था र ३० भन्दा बढी प्रविधि कम्पनीहरूको सहभागिता रहेको थियो। १५ भन्दा बढी चर्चित कन्टेन्ट क्रिएटरहरूको उपस्थिति पनि यस महोत्सवको महत्त्वपूर्ण हिस्सा थियो ।
यस महोत्सवमा विद्यार्थीहरूले बनाएका २० भन्दा बढी नवीन प्रविधि प्रोजेक्टहरू प्रदर्शनमा राखिएको थियो। यसमध्ये करुणा, मिरा (रोबोटिक सहायक), स्टडीसेन्स (VR–आधारित कोर्स काउन्सेलर), तोमात्रों (एआई–पावर्ड एग्रोबोट) जस्ता प्रोजेक्टहरूले विशेष चर्चा पाए ।
आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा अनुभवी उद्यमीहरूले आफ्ना अनुभव बाँडे। भीसी पिचिङ सेसनमा २५ भन्दा बढी स्टार्टअप आइडिया प्रस्तुत गरिए, जसमध्ये ७ वटामा लगानीकर्ताहरूले चासो देखाए। कलेजले प्रतिभाशाली स्टार्टअपहरूमा लगानीका लागि १ करोड रुपैयाँको लगानी कोष घोषणा गरेको छ ।
दुई दिने जब फेयरमा ३० भन्दा बढी कम्पनीहरू सहभागी थिए। यसमा ५०० भन्दा बढी विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले अन्तर्वार्ता दिने र करियर परामर्श लिने अवसर पाए ।
कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष ‘आइरनक्लाश’ रोबोट युद्ध प्रतियोगिता थियो। विजेता टिमलाई ३ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरियो, जसले विद्यार्थीहरूको प्रविधि कौशललाई प्रोत्साहन दियो ।
१५ भन्दा बढी चर्चित डिजिटल क्रिएटरहरूको सहभागितामा आयोजित यस मिटअपले युवाहरूलाई डिजिटल दुनियाँका सम्भावनाबारे जानकारी दियो। यसमा सबिन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक) लगायतका व्यक्तित्वहरू उपस्थित थिए ।
इन्स्पायर टक सत्रमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलसहित विभिन्न व्यक्तित्वहरूले युवाहरूलाई इमान, अनुशासन र नेतृत्वबारे प्रेरित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण