एमाले बैठकमा गण्डकीबाट धारणा राख्न सुरु : विद्या भण्डारी राजनीतिमा आउन नहुने मत
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठकमा गण्डकी प्रदेशका सदस्यहरूले धारणा राख्न सुरु गरे।
- केदार सिग्देलले विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने धारणा राखे भने राजीव पहारीले केपी ओलीको विकल्प नभएको बताए।
- इन्द्रलाल सापकोटाले विद्या भण्डारीलाई स्थान दिए पार्टी मजबुत हुने विचार व्यक्त गरे, भने अध्यक्ष ओलीले अनुशासनको चेतावनी दिए।
काठमाडौँ । नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरु भएको छ ।
बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषय र राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठानिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएको थियो ।
‘विधान संशोधनमाथि गण्डकीका सदस्यहरूबाट बहस सुरु भएको छ, अहिले पनि गण्डकीका नेताहरूले धारणा राख्ने क्रम सुरु भएको छ’, एक केन्द्रीय सदस्यले भने,‘राजीव पहारी, पदम गिरी, रविन्द्र अधिकारी, सूर्य पाठक, इन्द्रलाल सापकोटा, रामचन्द्र बस्नेत, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देललगायतले धारणा राखिसकेका छन् ।’
धारणा राख्ने क्रममा केदार सिग्देल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउन नहुने धारणा राखेका छन् । ‘अहिले विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेको छ, सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु ठिक र राम्रो होइन’, सिग्देलले बैठकमा भनेका छन् । त्यस्तै राजीव पहारीले पार्टी एकता हुनुपर्ने भन्दै केपी अोलीको विकल्प नभएको धारणा राखे ।
‘अहिले केपी ओलीको विकल्प कोही छैन,आउँदो महाधिवेशनमा पनि ओलीलाई अध्यक्ष बनाउनुपर्छ’, नेता पहारीको भनाई थियो ।
अर्का केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले भने विद्या भण्डारी सक्रिय राजनीतिमा आउन चाहे उनलाई स्थान दिए पार्टी थप मजबुत हुनसक्ने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए ।
बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले विद्या भण्डारीको प्रवक्ता बन्न जरुरी रहेको भन्दै पार्टी हित विपरीत बोल्नेलाई अनुशासन कारबाही गर्ने चेतावनी दिएका थिए ।
‘उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर अध्यक्ष भने भन्दै प्रचार गर्नु, भण्डारीले बालुवाटार जान मानिनन् जस्ता गलत प्रचार गर्नु ठिक होइन’, ओलीले भनेका थिए, ‘उहाँ (विद्या भण्डारीको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरुरी छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण