शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रुपन्देही–३ मा आधिकारिक उम्मेदवार छनोटका लागि रास्वपाद्वारा दरखास्त आह्वान

सोमबार, ०५ साउन २०८२, १८ : ०३
सोमबार, ०५ साउन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट साउन ७ गतेबाट सुरु गर्नेछ।
  • इच्छुक व्यक्तिले पार्टीको एपबाट अनलाइन दरखास्त दिन सक्नेछन्, जसको समयसीमा साउन २१ गतेसम्म तोकिएको छ।
  • निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन घोषणा गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया साउन ७ गतेबाट  सुरु गर्ने भएको छ । रास्वपाको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिलाई सोही दिन बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त गर्न सकिने बताएको छ । 

सोमबार पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘श्रावण ७ बिहान १० बजेदेखि श्रावण २१ गते साँझ ५ बजेसम्म पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सक्नु हुनेछ ।’

यस्तै उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ । निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन घोषणा गरेको छ ।

519158880_1391750558560336_2860343409278955757_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप