ओलीप्रति घनश्यामको टिप्पणी– मरणोपरान्त अध्यक्ष बनिराख्न च्यासलमा आरती उतारिरहेका छन्
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली मरणोपरान्त अध्यक्ष बन्न आरती उतारिरहेको आरोप लगाएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भुसालले ओलीप्रति आरोप लगाएका हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि नेतृत्व नछाड्ने जिकिरप्रति उनले आक्रोश पोखेका छन् । ‘एकतातिर युवाहरू आलोचनात्मक चेतका साथ नेतृत्वमाथि प्रश्न उठाइराखेका छन् । अर्कोतिर हाम्रो आन्दोलनका नेतृत्व अझ २० वर्ष कसैले मेरो कुर्सी नहेर्नु भनिरहेका छन् ।
अर्कोले लजाई लजाई २० वर्ष त होइन १०/१५ वर्ष मैले अरूलाई तयार गर्छु र छोडिदिन्छु भनिराखेका छन्’, उनले भने, ‘आज च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुपर्छ भनेर आरती उतार्दै छ । प्रभात फेरि लगाइरहेका छन् । हाम्रो आन्दोलनको कस्तो विरोधाभास हो । कम्युनिस्ट आन्दोलन सर्वोकृष्ट भौतिक आन्दोलन हो । तार्किक आन्दोलन हो । निर्मम आन्दोलन हो । यी सारा आन्दोलन छोडेर आज विरोधाभास देखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण