सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

गायक शंकरको ‘सर्‍यो सर्‍योमा’ गरिमाको अभिनय

मङ्गलबार, ०६ साउन २०८२, १६ : ४६
मङ्गलबार, ०६ साउन २०८२

काठमाडौँ । गायक शंकर श्रेष्ठ र गायिका ममता गुरुङको स्वर रहेको ‘सर्‍यो सर्‍यो’ बोलको गीत सार्वजनिक भएको छ ।

शैलु आचार्यको शब्द तथा किरण भुजेलको संगीत गीतमा छ । गीतको भिडियोमा एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी र बिछोडका पल देखाउन खोजिएको छ ।

भिडियोमा गायक शंकर र अभिनेत्री गरिमा शर्माको अभिनय छ । गरिमा र शंकर भिडियोमा रोमान्टिकसमेत देखिएका छन् । भिडियो सान थापाले निर्देशन गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको सम्पादन दिप्सन शाहले गरेका हुन् । गायक श्रेष्ठ गायनसँगै अभिनयमा पनि रुचि राख्छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप