सडक सीमाभित्रका संरचना हटाउन तेस्रो पटक सूचना : ३० दिनको अल्टिमेटम
सारांश
- काठमाडौँको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन तेस्रो पटक सूचना जारी गरियो।
- सार्वजनिक सडक ऐन २०३१ को दफा १९ विपरीतका संरचना हटाउन ३० दिनको समयसीमा दिइएको छ।
- तोकिएको समयभित्र संरचना नहटाए कारबाही गरिने चेतावनी दिइएको छ।
काठमाडौँ । काठमाडौँको जडीबुटी चोक(अरनिको राजमार्ग)देखि पेप्सीकोला चोकसम्मको सडक सीमा (राइट अफ वे) भित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन तेस्रो पटक सूचना जारी गरिएको छ ।
सार्वजनिक सडक ऐन २०३१ को दफा १९ विपरीत ती क्षेत्रमा केही संरचना नक्सा पास बिना,नक्सा पास विपरीत निर्माण भएका संरचनाहरू दोस्रो पटक गत असार मसान्तसम्मको म्यादमा पनि नहटाइएको भन्दै मङ्गलबार तेस्रो पटक सूचना जारी गरिएको हो ।
सम्बन्धित व्यक्तिहरूलाई ३० दिनभित्र आफैँ संरचना हटाउन समयसीमा (अल्टिमेटम) तोकिएको छ ।
आज गाेरखापत्रमा प्रकाशित सूचनामा भनिएकाे छ,'नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयवाट मिति २०५८/०८/१८ को राजपत्रमा प्रकाशन गरिएको सूचना अनुसार काठमाडौं जडिबुटी चोक ( अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दाँया बाँया दुवै तर्फ १५ मिटर / १५ मिटर सडकको सीमा (Right of Way) कायम रहेको हुँदा नेपाल सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रुपमा मिति २०८२।०१।१० गते सडक सीमाको सीमाङ्कन गरी चिनो लगाइएको वा किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना / नक्सा पास विपरित निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित (दोस्रो पटक) भएको मितिले २०८२ असार मसान्तसम्म सम्बन्धित व्यक्तिवाटै हटाउन / भत्काउन भनिएकोमा उक्त अन्तिम मिति सम्ममा पनि केही अनधिकृत संरचना ( भवनहरू) हटाइएको/भत्काइएको नदेखिएको हुँदा यो सूचना (तेस्रो पटक) प्रकाशित भएको मितिबाट ३० दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन / भत्काउन मनासिव माफिकको म्याद तोकी यो सूचना (तेस्रो पटक) प्रकाशित गरिएको छ ।'
तोकिएको म्यादभित्र अनधिकृत संरचनाहरू नहटाएमा सार्वजनिक सडक ऐन २०३१ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने समेत जारी सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण