सर्लाहीमा ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु
सारांश
- सर्लाहीको लालबन्दीमा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका हरिवनका ३१ वर्षीय राम बहादुर स्याङ्तानको उपचारको क्रममा मृत्यु भयो।
- प्रहरीले ट्याङ्कर चालक र सवारी साधनलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ।
सर्लाही । सर्लाहीको लालबन्दीमा सोमबार राति ट्याङ्कर र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा गम्भीर घाइते युवकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१, लच्कास्थित सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक हरिवन नगरपालिका–४, सासापुरका ३१ वर्षीय राम बहादुर स्याङ्तानको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार लालबन्दीबाट नवलपुरतर्फ आउँदै गरेको को १ ख ५९३८ नम्बरको खाली तेल ट्याङकर र विपरीत दिशाबाट जाँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकल सोमबार राति करिब सवा ११ बजेत आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका स्याङ्तानलाई तत्कालै लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । तर मंगलबार बिहान करिब १ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनालगत्तै ट्याङ्कर र चालक सुनसरीको रामधुनी नगरपालिका–९ बस्ने ३२ वर्षीय अरबिन्द महतोलाई नियन्त्रणमा लिएको छ । चालक महतोले मादक पदार्थ सेवन नगरेको र उनको साथमा लाइसेन्स तथा सवारी दर्ता किताबसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतक स्याङ्तानको शव पोस्टमार्टमपछि मंगलबार साँझ उनका बुवा जित बहादुर स्याङ्तानले बुझेका छन् । प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण