वर्षा अपडेट
बैतडीको दैनसिलीमा मध्यम वर्षा, साना खोलामा बहाव बढ्ने जोखिम
बुधबार, ०७ साउन २०८२, ०४ : ४२
सारांश
- बैतडीको दैनसिली वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ।
- स्थानीय खोलाहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
- विभागले जोखिमका कारण स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । पछिल्लो तीन घण्टामा बैतडीको दैनसिली वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ। सो क्षेत्र हुँदै बहने स(साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले जोखिमका कारण स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यसअघि विभागले सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी तथा सोलुखुम्बुको सल्लेरी, पेकारणस र आसपासका वर्षा मापन केन्द्रहरूमा मध्यम वर्षा मापन भएको जनाएको थियो । विभागका अनुसार आगामी घण्टाहरूमा ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रहरुमा स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम रहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण