सामाजिक सन्देशसहितको तीज गीत 'घर झगडा-८' सार्वजनिक
सारांश
- तीज नजिकिँदै गर्दा 'घर झगडा-८' बोलको गीत सार्वजनिक भएको छ, जसले महिलाको भावना समेटेको छ।
- शिव हमालको शब्द, यज्ञ सापकोटाको संगीत र स्वर रहेको गीतमा टीका सानु, उदयराज डुम्रे र सुमन थापा मगरको पनि आवाज छ।
- सुशीला थापा, अनिता थापा र यज्ञ सापकोटाको अभिनय रहेको भिडियो मदन खड्काले निर्देशन गरेका हुन्।
काठमाडौँ । हिन्दु नारीहरूको पवित्र पर्व तीज नजिकिँदै गर्दा समाजमा रहेका यथार्थ कथालाई आधार बनाई तयार गरिएको तीज गीत ‘घर झगडा–८’ सार्वजनिक गरिएको छ।
सामाजिक कथावस्तुलाई समेटेर महिलाको भावना, कर्तव्य र पीडालाई कलात्मक रूपले गीतमा प्रस्तुत गरिएको छ । लोकप्रिय सर्जक शिव हमालको शब्द रचना, यज्ञ सापकोटाको सङ्गीत र स्वर रहेको उक्त गीतमा चर्चित गायिका टीका सानु, गायक यज्ञ सापकोटा, उदयराज डुम्रे र सुमन थापा मगरको आवाज रहेको छ।
गीतको भिडियोमा सिरियलमा लामो समयदेखि अभिनय गर्दै आएकी कलाकार सुशीला थापा, अनिता थापा र गायक सापकोटाले मुख्य भूमिका निर्वाह गरेका छन्।
गीतको छायाङ्कन टंक केसीले गरेका हुन् भने सम्पादन सुजन कोइरालाले गरेका छन्। भिडियोको निर्देशन मदन खड्काले गरेका छन्।
‘अकला देवी म्युजिक प्रालि’को प्रस्तुतिमा बनेको यो गीत ‘घर झगडा’ शृङ्खलाको आठौँ भाग हो। सामाजिक कथामा आधारित यस अघिका शृङ्खलालाई दर्शक–श्रोताले रुचाएका थिए ।
‘घर झगडा–८’ यज्ञ सापकोटा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण