तमोर नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बुधबार, ०७ साउन २०८२, ०७ : २६
सारांश
- पाँचथरमा तमोर नदीको जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको छ।
- जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- माझीटार जलमापन केन्द्रमा गरिएको मापनअनुसार नदीमा बाढीको जोखिम बढेको छ।
काठमाडौँ । पाँचथर जिल्ला भएर बग्ने तमोर नदीमा पानीको बहाव बढेर जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गर्दै नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
विभागका अनुसार, पाँचथरस्थित माझीटार जलमापन केन्द्रमा आज बिहान ०६:४० बजे गरिएको मापनमा तमोर नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो। नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकोले बाढी, कटान र डुबानको जोखिम बढेको विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण