पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
सारांश
- माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको भविष्य अझै रहेको बताए।
- उनले चुनौतीको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नुपर्ने कुरामा जोड दिए।
- पार्टीलाई अनुशासनमा अघि बढाउनसके जनतामा आशा जगाउन सकिने उनको भनाइ छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको भविष्य अझै रहेको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौती आए भनेर निराश हुन आवश्यक नरहेको बताए ।
उनले चुनौती आउँदैमा पलायन नै हुनुपर्ने भन्ने नरहेको बताए। चुनौतीको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने अध्यक्ष नेपालले बताए ।
आन्तरिक कुराहरू पार्टीकै बैठकमा गर्नु उचित हुने उनको भनाइ छ । पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ भने, पार्टीका विरुद्धमा लाग्छ, जथाभाबी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद गर्नुपर्ने उनले बताए । पार्टीलाई अनुशासनमा अघि बढाउनसके त्यसले जनतामा आशा जगाउन सक्ने बताए ।
अध्यक्ष नेपालले समाजको परिवर्तन र रूपान्तरण गर्ने जिम्मेवारी अझै आफूहरूको काँधमा रहेको बताए । समाजवादको ध्येय र उद्देश्यलाई सफल बनाउने अभिभारा अझै आफूहरूको काँधमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण