एआई भ्वाइस फ्रडप्रति ओपनएआईकै सीईओ साम अल्टम्यानसमेत चिन्तित
सारांश
- एआईको प्रयोगले मानव आवाजको नक्कल गरेर सुरक्षा जाँच पास गर्न र पैसा स्थानान्तरण गर्न सजिलो भएको छ।
- ओपनएआईका सीईओ साम अल्टम्यानले वित्तीय क्षेत्रलाई एआईको प्रयोगबाट हुनसक्ने ठगीबारे चेतावनी दिएका छन्।
- फेडरल रिजर्भको सम्मेलनमा अल्टम्यानले भ्वाइसप्रिन्ट प्रमाणीकरणको असुरक्षितताबारे चिन्ता व्यक्त गरे।
क्यालिफोर्निया । कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणहरूको सहयोगमा, मानव आवाजको नक्कल गरेर सुरक्षा जाँच पास गर्न र पैसा स्थानान्तरण गर्न धेरै सजिलो भएको छ । यसले ‘गम्भीर ठगी संकट’ निम्त्याउन सक्ने भन्दै एआई निर्माता कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानले बैंकिङ र वित्तीय क्षेत्रलाई चेतावनी दिएका छन् ।
मंगलबार वासिङ्गटनमा आयोजित अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड)ले आयोजना गरेको एउटा सम्मेलनमा अल्टम्यानले यो कुरा भनेका हुन् । ‘एउटा कुरा छ जसले मलाई डराइरहेको छ, त्यो के हो भने केही वित्तीय संस्थानहरूले अहिले पनि भ्वाइसप्रिन्टलाई प्रमाणीकरणको रूपमा स्वीकार गरिरहेका छन् । यो पागलपनपूर्ण कुरा हो, किनकि एआईले यसलाई पूर्ण रूपमा पराजित गरिसकेको छ ।’ उनले भने ।
एक दशक अघि धनी ग्राहकहरूको लागि पहिचानको सुरक्षित माध्यमको रूपमा भ्वाइसप्रिन्टिङ अपनाइएको थियो । जसमा ग्राहकले फोनमा निश्चित वाक्य बोलेर आफ्नो पहिचान प्रमाणित गर्नुपर्थ्यो । अब भने एआईद्वारा सिर्जना गरिएको आवाजको नक्कल र भिडियो क्लोनिङ यति वास्तविक भएको छ कि तिनीहरूलाई वास्तविक कुराबाट छुट्टाउन गाह्रो भएको अल्टम्यान भन्छन् ।
अब आफूहरूलाई पहिचान पुष्टि गर्न नयाँ तरिकाहरू चाहिएकोमा पनि उनले जोड दिए । यसबारे प्रतिक्रिया जनाउँदै, फेडरल रिजर्भका उपाध्यक्ष तथा प्रमुख वित्तीय पर्यवेक्षक मिशेल बाउमनले भनिन्, ‘यो एउटा यस्तो विषय हो जुन हामीले साझेदारी गर्ने विचार गर्न सक्छौँ । विश्वभरका बैंकहरू पहिले नै डिजिटल सुरक्षाको बारेमा सतर्क भइरहेको तर द्रुत गतिमा एआई प्रविधिको बढ्दो क्षमताहरूले नयाँ चिन्ताहरू खडा गरेको समयमा यो चेतावनी आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण