भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोज्नु शंकास्पद : शेखर कोइराला
सारांश
- डा. शेखर कोइरालाले घूस प्रकरणमा मुछिएका मन्त्री पदमै रहँदा भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोज्नु शंकास्पद भनेका छन्।
- पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन हुनुपर्ने र भूमि विधेयकमा गहन छलफल हुनुपर्ने उनको भनाइ छ।
- उनले सामाजिक सञ्जालमा कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नरहेको बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सम्बन्धित मन्त्री घूस प्रकरणमा मुछिएर पदमै रहेको बेलामा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोज्नु शंकास्पद रहेको बताएका छन् । नेता डा. कोइरालाले पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरी भूमि विधेयकमा समितिमा गहन छलफल गर्नुपर्ने बताएका हुन् ।
डा.कोइरालाले सामाजिक सञ्जालमा कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नरहेको पनि बताएका छन् ।
‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन,’ कोइरालाले लेखेका छन्, ‘पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण