मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

पाँच दिनमा कहाँ पुग्यो सैयाराको कमाई ?

बुधबार, ०७ साउन २०८२, १२ : ५०
बुधबार, ०७ साउन २०८२

सारांश

  • अहान पाण्डे र अनित पड्डाको फिल्म 'सैयारा' ले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।
  • फिल्मले रिलिजको पाँचौँ दिनमा २५ करोडको व्यापार गर्दै दर्शकको मन जितेको छ ।
  • 'सैयारा' ले हाउसफुल ५, रेड २ लगायतका फिल्मलाई पछि पार्दै लामो समय चल्ने संकेत देखाएको छ।

नयाँ दिल्ली । अहान पाण्डे र अनित पड्डाको रोमान्टिक केमेस्ट्री ‘सैयारा’लाई यतिबेला धेरैले मन पराएका छन् । फिल्मले बक्स अफिसमा व्यापक कलेक्सन गरेर निर्माताहरूलाई छक्क पारेको छ । 

अहिलेसम्म फिल्मको कमाईमा कुनै कमी आएको छैन । रिलिजको पाँचौँ दिनमा पनि यसको व्यापार अझ राम्रो भएको छ । रिलिज भएदेखि नै अहान पाण्डे र अनित पड्डाको यो रोमान्टिक फिल्मले बक्स अफिसमा राज गरिरहेको छ 

फिल्मले रिलिजको पहिलो दिनमा नै रेकर्ड तोड कमाई गरेको थियो । सामान्यतया सोमबार र मंगलबार फिल्मको कलेक्सन कम हुन्छ । तर सैयाराको व्यापार दिनहुँ बढ्दै गएको छ । रिपोर्ट अनुसार, रिलिजको पाँचौँ दिनमा यो फिल्मले घरेलु बक्स अफिसमा लगभग २५ करोडको व्यापार गरेको छ । जुन सोमबारभन्दा धेरै बढी हो ।

फिल्मले २२ करोडको ओपनिङ कलेक्सन गरेको थियो । दोस्रो दिन यसले २६ करोड ३५ लाख कमायो । तेस्रो दिन कमाइ बढेर ३६ करोड २५ लाख भारु पुग्यो । चौथो दिन २४ करोड २५ लाख भारु र पाँचौँ दिन २५ करोड कलेक्सन सहित फिल्मको कुल कलेक्सन घरेलु बक्स अफिसमा १३३ करोड ७५ लाख भारु पुगेको छ । 

सैयाराले बक्स अफिसमा जुन प्रभाव पारिरहेको छ यसलाई हेर्दा फिल्म लामो समयसम्म थिएटरमा चल्ने देखिन्छ । सैयाराले यस वर्ष रिलिज भएका हाउसफुल ५, रेड २, सितारे जमिन पर र सिकन्दरलाई पछि पारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप