कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु
बुधबार, ०७ साउन २०८२, १७ : २७
सारांश
- कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु भएको छ ।
- गौरीगङ्गा नगरपालिका-१० उदासीपुर वेताल टोलकी ७० वर्षीया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।
- उनी शौचालय जाँदै गर्दा रुख ढलेर घटनास्थलमै मृत्यु भएको हो ।
धनगढी । कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका– १० उदासीपुर वेताल टोलकी ७० वर्षीया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।
बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न भनी गइरहेकी थिइन् ।
शौच गर्न जाने क्रममा घरनजिकै रहेको अस्नाको रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण