पहिरोले केआई सिंह राजमार्ग अवरुद्ध
बिहीबार, ०८ साउन २०८२, ०६ : ४९
सारांश
- डडेलधुराको गन्यापधुरामा पहिरो जाँदा डडेल्धुरा-दिपायल-बाजुरा-अछाम जोड्ने राजमार्ग अवरुद्ध भएको छ।
- रडुवा खोलामा पहिरो खसेका कारण सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू र सवारीसाधन बाटोमै रोकिएका छन्, र पहिरो हटाउने काम भइरहेको छ।
धनगढी । डडेलधुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा डडेल्धुरा–दिपायल–बाजुरा–अछाम जोड्ने केआई सिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार रडुवा स्थित खोलामा पहिरो खसेका कारण राजमार्गमा सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको हो।
राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन्। यात्रु दिनेश साउँदका अनुसार सडकको खसेको पहिरोलाई हटाउने काम भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण