विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु
सारांश
- बारा, झापा र धनुषामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ।
- बारामा खेतमा मोटर चलाउँदा एक जनाको मृत्यु भयो भने झापामा कुटी काट्ने मेसिनबाट एक जनाको मृत्यु भयो।
- धनुषामा खेतमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ । बारा, झापा र धनुषा जिल्लामा करेन्ट लागेर ३ जनाको मृत्यु भएको हो ।
बाराको सुवर्ण गाउँपालिका–७ बहुअर्वा बस्ने ५७ वर्षीय धतु राय भरको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय एसआरपी अस्पताल कवहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै झापाको गौरादह नगरपालिका–७ गक्षामारी बस्ने ७७ वर्षीया तेजकुमारी उप्रेतीको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको गुवालीभित्र कुटी काट्ने मेसिनबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
धनुषाको हंसपुर नगरपालिका–३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउनका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय क्लिनिक हंसपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण