उपेन्द्रको प्रश्न : भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेसको सिँचाइ र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले मधेस प्रदेशमा डिप बोरिङ र विद्युतीय सिँचाइ प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गरे । उनले मधेसको खानेपानीको समस्या विगत वर्षहरूमा समेत राख्दै आएको पनि सरकार गम्भीर नहुँदा सङ्कट उत्पन्न भएको बताए । उनले मधेसमा घट्दै गएको पानीको सतह कर्म गर्न तत्काल काम थाल्न पनि माग गरे ।
उनले भने,‘एकातर्फ सरकारले सगरमाथा संवाद सम्पन्न गरेको छ । अर्कोतर्फ वन फडानी गर्ने र भूमाफियालाई जग्गा प्रदान गर्ने गरी, वन विनाश गर्ने गरी कानुन पनि ल्याउँदै छ । यो कस्तो नीति हामी अंगाल्दैछाैँ ।’
उनले मधेस प्रदेशको सुक्खा क्षेत्रमा २४सै घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग समेत गरे । उनले चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्न समेत सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण