सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
बालिकाकाे मृत्यु

गोकर्णेश्वरमा मिनी ट्रकको ठक्करबाट बालिकाको मृत्यु

बिहीबार, ०८ साउन २०८२, १९ : ३२
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित भित्री सडकमा मिनी ट्रकको ठक्करबाट बिहीबार बालिकाको मृत्यु भएको छ । 

बा.३ ख ४३४५ नम्बरको मिनिट्रक (आईचर)को ठक्करबाट दुई वर्षीया बालिका फुर्वु लामा शेर्पाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले रातोपाटीलाई बताए । 

नाम्गेल बसपार्कबाट भित्री सडकमा गएर ब्याक गर्ने क्रममा खेलिरहेकी बालिकालाई आईचरले ठक्कर दिएको हो । 

मिनिट्रक चालक भक्तपुरको सुर्यविनायक नगरपालिका–९ बस्ने ३६ वर्षीय हरि बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । चालकलाई प्रहरी प्रभाग गोकर्णमा राखिएको एसपी गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप