सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेपाकताक्रोमा नेपाललाई दुई पदक

बिहीबार, ०८ साउन २०८२, १९ : ३६
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । नेपालले ३८ औँ आईएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन् ।

मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डङ्गोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए । चाइनिज ताइपेईं दोस्रो र बङ्गलादेश तेस्रो भए ।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले खेलेका थिए । चाइनिज ताइपेईंले स्वर्ण जित्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप