शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल साउन ९ गते । शुक्रबार । ईश्वी सन् २०२५ जुलाई २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–प्रतिपदा, ४६ घडी १५ पला, बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–तिष्य, २९ घडी ५४ पला, बेलुकी ५ बजेर २१ मिनेट उप्रान्त अष्लेषा । योग–बज्र, १० घडी १४ पला, बिहान ९ बजेर २९ मिनेट उप्रान्त सिद्धि । करण–किंस्तुध्न, दिउसो १२ बजेर २० मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ४९ पला ।
आजको बार बेला ।
बिहान ५ बजेर २४ मिनेटसम्म चर बेला ।
बिहान ५ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ५ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ६ मिनेटदेखि बिहान ८ बजेर ४७ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ४८ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २९ मिनेटदेखि बिहान १२ बजेर १० मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर ११ मिनेटदेखि दिउसो १ बजेर ५१ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ५२ मिनेटदेखि दिउसो ३ बजेर ३२ मिनेटसम्म उद्धेग बेला ।
दिउसो ३ बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १४ मिनेटसम्म चर बेला ।
बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर १४ मिनेटसम्म रोग बेला ।
नोट:शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २८ मिनेटदेखि दिउसो १२ बजेर ९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ४८ मिनेटदेखि बिहान ४ बजेर ३६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आमा तथा आफन्तसँग साना साना कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । प्रयत्न गर्दा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र तथा व्यापारबाट नाफा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मेहनतको फल अरूले हत्याउन कोसिस गर्नेछन् ख्याल गर्नुहोला । राम्रो बोल्दा बोल्दै गलत व्याख्या गरी दुःख दिनेहरू सक्रिय हुनेछन् । व्यापारमा मन्दी आउने तथा लगानी गर्नको लागी केही समय पर्खँदा राम्रो हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शङ्का बढ्ने योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ । होटेल, रेस्टुरेन्ट तथा बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतेको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । तर पनि विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने कार्यक्षेत्रमा तारिफयोग्य काम गरी लोकप्रियता कमाउन सकिनेछ । शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । व्यापार तथा उत्पादनमुखी व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कार्यक्षेत्रमा राम्रो काम गर्न नकस्दा मान सम्मानमा कमीको महसुस हुनेछ । समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । स्वास्थ्य कमजोर रहनाले चाहेको उपलब्धि हासिल गर्न सकिने छैन । धार्मिक तथा शैक्षिक यात्रा भए पनि कष्टकर हुन सक्छ ध्यान दिनुहोला । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको चपेटामा परिनाले उपलब्धि गुम्न सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
गोप्य योजनाहरू बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्ने छैनन् । अल्छी गर्ने बानिले काम बाकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले केही समय पर्खनु नै राम्रो हुनेछ । तर पनि प्रविधिको तथा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यवसाय विस्तारकै सवालमा यात्रा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइ लेखाइमा कमजोर नतिजा आउने हुनाले इष्टमित्र भन्दा पछि परिनेछ । समय तथा प्रविधिको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धीहरू नै हाबी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । प्रेममा अविश्वास सिर्जना हुनेछ । तर पनि वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देख्न पाइनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण