रातभरि बत्ती गएपछि धनगढीका स्थानीयलाई सास्ती
शुक्रबार, ०९ साउन २०८२, ०६ : २१
सारांश
- धनगढीमा रातभरि बत्ती गएपछि स्थानीय सास्ती खेप्न बाध्य भए।
- विद्युत् कार्यालयमा फोन गर्दा सम्पर्क हुन सकेन र कर्मचारीहरू पनि भेटिएनन्।
- विद्युत् अवरुद्ध हुँदा बालबालिका र विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित भए।
कैलाली । धनगढीमा रातभरि बत्ती गएपछि स्थानीयलाई सास्ती भएको छ। गर्मी मौसममा लामो समय बत्ती गएपछि स्थानीयहरू समस्यामा परेका हुन् ।
बत्ती किन र के कारण गएको हो भन्ने विषयमा बुझ्न खोज्दा धनगढी विद्युत् कार्यालयको फोन रातभरि व्यस्त रहेको स्थानीयले बताए । बिहीबार राति ८ बजे गएको बत्ती अहिलेसम्म आएको छैन। उज्याले हुने बित्तिकै अहिले विभिन्न टोलका केहि स्थानीयहरू विद्युत् वितरण कार्यालयमा पुगेका छन्। तर कर्मचारीहरू कार्यालयमामा अहिले छैनन्।
धनगढी ३ का स्थानीय भानदेव भट्ट भन्छन्–अहिले हामी विद्युत् कार्यालयमा छौँ, कर्मचारी छैनन्, फोन गर्दा फोन लागेन, कर्मचारीसँग भेट भएको छैन ।
विद्युत् नभएपछि बालबालिका, विद्यार्थीहरू बढी समस्यामा परेका छन्। परीक्षा दिइरहेका विद्यार्थीहरू रातभरि बत्ती नभएपछि हैरान बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण