पूर्वउपप्रधानमन्त्री श्रेष्ठद्वारा राहत प्याकेजको माग
सारांश
- नारायणकाजी श्रेष्ठले खडेरी प्रभावित जनतालाई राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्।
- उनले खडेरीका कारण रोपाइँ र खानेपानीको समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
- संघीय र प्रदेश सरकारलाई संकटको समयमा जिम्मेवारीपूर्वक काम गर्न श्रेष्ठको आह्वान छ।
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। शुक्रबार उनले आफ्नो फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘खडेरीको कारण रोपाईं मात्र होइन, खानेपानीसमेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस्।’
श्रेष्ठले संघीय र प्रदेश दुवै सरकारलाई सङ्कटको समयमा जिम्मेवारीपूर्वक कार्य गर्न आह्वान गरेका छन्। लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई–मधेसका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन् । खेतबारीमा रोपाईं ठप्प भएको छ भने खानेपानी समेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ।
यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेसलाई ‘सुखा क्षेत्र’ घोषणा गरिएको छ। यता सङ्घीय सरकारले पनि मधेस प्रदेशका सबै जिल्लालाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण