सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘द फिरन्ते’ सहित आधा दर्जन ब्याण्ड धरान रङ्गशालामा गुञ्जने

शुक्रबार, ०९ साउन २०८२, १५ : ०१
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । चर्चित ब्याण्डहरुको प्रस्तुति सहित धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । यही साउन १६ गते धरान रङ्गशालामा आयोजना हुने कार्यक्रममा चर्चित ब्यान्डहरु रकहेड्स, द फिरन्ते, आस्था एण्ड द ब्रदर्स, द क्राइसिस र दि एलाइज ब्यान्डको प्रस्तुति रहनेछ ।

हश क्रिएशन्स, दृश्यः सि द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा आयोजना गर्न लागेको कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राईको पनि सहभागिता रहनेछ । 

धरानका चर्चित कलाकारहरूको पनि उपस्थिति रहने कार्यक्रम त्यहाँ आयोजना भएका यसअघिका कन्सर्टहरू भन्दा भिन्न र भव्य हुने आयोजक आकाश रावलले बताए ।

उनका अनुसार ‘त्रिगुट म्युजिकल नाइट’मा भिआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ । कन्सर्टमा धरानका मात्र नभएर आसपासका क्षेत्रबाट समेत सहभागिता रहने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप