मदनको तस्बिर र एमालेको चुनाव चिह्न राखेर विद्याको पत्रकार सम्मेलन
शुक्रबार, ०९ साउन २०८२, १५ : २२
काठमाडौँ । नेकपा एमालेको सक्रिय राजनीति गर्ने बाटो पार्टीले बन्द गरेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेकी छन् ।
काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा भण्डारीले विशेष पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गरेकी हुन् ।
पत्रकार सम्मेलनमा मदन भण्डारीको तस्बिर र नेकपा एमालेको चुनाव चिह्न सूर्यअंकित ब्यानर राखियो भने जसमा जनताको बहुदलीय जनवाद जिन्दावाद र नेकपा एमाले जिन्दावाद लेखिएको थियो ।
पत्रकार सम्मेलनमा भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताइन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण