सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाभीलाई भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक राख्न अस्वीकार

शुक्रबार, ०९ साउन २०८२, १५ : ४९
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । बार्सिलोना र स्पेनका पूर्व मिडफिल्ड जाभी हर्नान्डेजले भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि दिएको आवेदन अल इन्डिया फुटबल फ्रेडेसनको प्राविधिक टोलीले अस्वीकार गरेको छ । 

इन्डिया टुडेका अनुसार बार्सिलोनाका पूर्व प्रशिक्षक जाभीको हाइ प्रोफाइल र महँगो पारिश्रमिकका कारण आवेदन अस्वीकार भएको हो । 

जाभीलाई बार्सिलोनाले सन् २०२४ मा मुख्य प्रशिक्षकको पदबाट बर्खास्त गरेको थियो । सन् २०२१ मा बार्सिलोना आएका उनले क्लबलाई राम्रो नतिजा दिलाउन भने सकेका थिएनन् । 

यस साताको सुरुमा, भारतीय पुरुष फुटबल टोलीको रिक्त रहेको पदका आवेदन खुलेको थियो । जसमा कूल १ सय ७० आवेदनहरू थिए । 

फेरेडेसनले त्यसबाट तीन उम्मेदवारहरू छानेको छ । जसमा खालिद जमील, स्टीफन कन्स्टेन्टाइन र स्टेफन तारकोभिक रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप