बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

शनिबार, १० साउन २०८२, ०४ : ५८
शनिबार, १० साउन २०८२

सारांश

  • आजको पञ्चाङ्ग अनुसार, वि.सं. २०८२ साउन १० गते शनिबार रहेको छ।
  • मेष राशिका व्यक्तिहरूले घर जग्गामा विवादको सामना गर्नुपर्ने सम्भावना छ, र सवारी साधन चलाउँदा सावधानी अपनाउनु पर्नेछ।
  • वृष राशिका व्यक्तिहरूले औषधीजन्य वस्तुको व्यवसायमा लगानी गर्न सक्नेछन्, र साँझपख सवारी चलाउँदा ख्याल गर्नुपर्नेछ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल साउन १० गते ।  शनिबार । ईश्वी सन् २०२५ जुलाई २६ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–द्धितीया, ४४ घडी ५७ पला, बेलुकी ११  बजेर २३ मिनेट उप्रान्त  तृतीया । नक्षत्र–अष्लेषा, ३० घडी ७ पला, बेलुकी ५ बजेर २७ मिनेट उप्रान्त मघा । योग– सिद्धि, ६ घडी ४ पला, बिहान ७ बजेर ५० मिनेट उप्रान्त व्यातिपात । करण–बालव, बिहान ११ बजेर ३५ मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कर्कट, बेलुकी ५ बजेर २७  मिनेट उप्रान्त  सिंह ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५४ मिनेट । दिनमान ३३ घडी ४६ पला ।  

आजको बार बेला ।  

बिहान ५ बजेर २४ मिनेटसम्म काल बेला ।

बिहान ५ बजेर २५ मिनेटदेखि बिहान ७ बजेर ६ मिनेटसम्म शुभ बेला ।

बिहान ७ बजेर ६ मिनेटदेखि बिहान ८ बजेर ४७ मिनेटसम्म रोग बेला ।

बिहान ८ बजेर ४८ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म उद्धेग बेला ।

बिहान १० बजेर २९ मिनेटदेखि बिहान १२ बजेर १० मिनेटसम्म चर बेला ।

मध्यान्ह १२ बजेर ११ मिनेटदेखि दिउसो १ बजेर ५१ मिनेटसम्म लाभ बेला ।

दिउसो १ बजेर ५२ मिनेटदेखि दिउसो ३ बजेर ३२ मिनेटसम्म अमृत बेला ।

दिउसो ३  बजेर ३३ मिनेटदेखि बेलुकी ५ बजेर १३ मिनेटसम्म काल बेला ।

बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर १३ मिनेटसम्म लाभ बेला ।

नोट स् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ८ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट स् राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४८ मिनेटदेखि बिहान ४ बजेर ३६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । उच्च महत्त्वाकाङ्क्षा समस्या निम्तन सक्छ ध्यान दिनुहोला । तर पनि साँझबाट समय राम्रो रहेकोले प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययनमा सुधार हुनेछ । व्यापारमा वृद्धि हुने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । साँझपख सवारी साधन चलाउँदा ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

दैनिक खर्च बढ्नाले अर्थ अभावले हुनेछ । व्यवसायमा लगानी गर्नको लागी केहि दिन कुर्नु नै राम्रो हुनेछ । आफन्त तथा कुटुम्बलाई चाडै विश्वास गर्नाले धोका पाइनेछ । प्रेममा अविश्वास बढ्ने तथा पति पत्नी बिच शङ्का उपशङ्का बढ्नेछ । तर पनि प्रयत्न गर्दा सापटी लगिएका धन सम्पत्ति फिर्ता हुने गतिलो सम्भावना रहेको छ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ । पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरू खुसी हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । विदेशी भूमिमा बसेर काम वा अध्ययन गर्नेहरूका लागी समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

काम गर्ने थुप्रै बाटाहरू भेटिनेछन् भने व्यापारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ  । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यवसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलीमा परिवर्तन हुनेछ  । पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ । परिवारका साथ यात्रा, मनोरञ्जन तथा खानपानमा समय खर्च हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरूले फसाउन सक्छन् । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले विलम्ब हुन सक्छ । तर पनि व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिज्ञको लागी उत्तम रहेको छ । प्रेमको डोरो कसिलो हुनेछ । प्रविधिको प्रयोग गरि अध्ययन वा कामलाई सहज बनाउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । सामाजिक सङ्घ संस्था तथा प्रतिष्ठानबाट सम्मान पाइने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा दिदी बहिनीसँग साना कुरामा राय बाझिनेछ भने घमन्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घटनाहरूको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तर पनि नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ । साँझपख छोटो दुरीको यात्राको योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिने तथा जीवनस्तर सहज रूपमा अगाडी बढाउन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा सहपाठीहरूलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच विश्वास बढेर जानेछ । खानपान तथा मनोरञ्जनको निमित्त यात्राको गतिलो योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग भए पनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझबाट समय राम्रो रहेकोले अध्ययन तथा अध्यापनमा महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप