अपडेट
सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान्, श्रीमतीको मृत्यु
शनिबार, १० साउन २०८२, १० : ०३
सारांश
- सप्तरीको रुपनी गाउँपालिकामा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भयो।
- ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती रामकुमारी खंगको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।
- प्रहरीका अनुसार, श्रीमान्लाई करेन्ट लागेपछि बचाउन खोज्दा श्रीमतीलाई पनि करेन्ट लाग्यो।
सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।
स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीय रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिए ।
प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामिन यामाल भन्छन्: ‘अहिले नै पूरा ९० मिनेट खेल्न हतार हुन्छ’
-
सीटीइभीटीको उपाध्यक्षका लागि २५ जनाकाे उम्मेदवारी
-
एलिनाको जन्मदिनमा प्रतापको सन्देश :‘तिमी मैले भेटेको सबैभन्दा अद्भुत व्यक्ति हौ’
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
-
भारी वर्षा र पहिरोको जोखिम : इलाममा बेलुका ८ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण