पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेश अस्वीकार्य : एमाले प्रचार प्रमुख गौतम
सारांश
- एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य हुने बताए।
- गौतमले भण्डारीको एमाले सदस्यता र राजनीतिक पुनः सक्रियता 'गौण विषय' भएको दाबी गरे।
- एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध गर्ने निर्णय गरेको छ।
भक्तपुर । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य हुने बताएका छन्।
नेपाल प्रेस सोसाइटीले शनिबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भण्डारीको एमाले सदस्यता र राजनीतिक पुनः सक्रियता ‘गौण विषय’ भएको दाबी गरे।
गौतमले भने, 'उहाँ राष्ट्रपतिको पदमा निर्वाचित भएपछि स्वाभाविक रूपमा पार्टी सदस्यता नवीकरण नगरिएको हो। त्यसैले अहिलेको विवाद केवल प्रचारको विषय हो।'
उनले एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध गर्ने गरी तीन विषयमा विधिवत् छलफलपछि निर्णय गरेको पनि जानकारी दिए । 'केपी ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोपहरू निराधार छन्,' गौतमले भने, 'बैठक सर्वसहमतिको वातावरणमा सम्पन्न भएको हो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण