बागमती नदीमा डुबेर भारतीय युवकको मृत्यु
सारांश
- रौतहटको बागमती नदीमा जल लिन गएका एक भारतीय युवकको डुबेर मृत्यु भएको छ।
- मृत्यु हुनेमा भारतको बिहारका १४ वर्षीय पवनकुमार साह रहेका छन्।
- प्रहरीले युवकको शव फेला पारेर परिवारलाई बुझाउने तयारी गरेको छ।
रौतहट, । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर भारतीय युवकको मृत्यु भएकाे छ । जल लिने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवकको शनिबार शव फेला परेको हो।
मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेका छन् । शुक्रबार साँझ ७ बजे साह नदीमा डुबेर बेपत्ता भएका थिए।
शनिबार साहका परिवारले इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई बेपता भएको जानकारी गराएपछि खोजी कार्य सुरु गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहान सवा १० बजे घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको थियो ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार पवनको परिवारले शवको पहिचान गरेको छ। परीक्षण तथा आवश्यक कानुनी प्रक्रियापश्चात् शव परिवारलाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण