आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

गैरहाजिर २२ प्रहरी कर्मचारीलाई ७ दिने अल्टिमेटम, सम्पर्कमा नआए जागिरबाट हटाइने

आइतबार, ११ साउन २०८२, ११ : ३५
आइतबार, ११ साउन २०८२

सारांश

  • प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन २२ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
  • प्रहरी महानिरीक्षकको सचिवालयले समयमा उपस्थित नभए सेवाबाट हटाउने चेतावनी दिएको छ।
  • गैरहाजिर रहने कर्मचारीलाई प्रहरी नियमावलीअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ।

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र हाजिर हुन आउन अन्तिम मौका दिएको छ। 

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए सेवाबाटै हटाउने चेतावनी दिएको हो।

उनीहरूको खोजतलास गर्दा र प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा पनि  कार्यालयको सम्पर्कमा नआएकोले  सात  दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन सूचनामार्फत निर्देशन दिइएको हो । 

तोकिएको म्यादभित्र पनि उपस्थित नहुने कर्मचारीलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही अगाडि बढाइने व्यहोरासमेत सूचनामा उल्लेख छ। 

111

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप