‘क्याप्टेन साब’को छायाङ्कन काभ्रेपलान्चोक सुरु
सारांश
- काभ्रेपलान्चोकमा फिल्म 'क्याप्टेन शाव'को छायांकन सुरु भएको छ।
- यो फिल्म क्याप्टेन रामेश्वर थापाको बायोपिक हो, जसमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन्।
- फिल्मको छायांकन काठमाडौं, चितवन, काभ्रे र वीरगन्जमा हुनेछ, जसको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन्।
काठमाडौँ । फिल्म ‘क्याप्टेन साब’को छायाङ्कन सुरु भएको छ । शनिवार ढुंखर्क, बेथानचोक काभ्रेपलान्चोक फिल्मको छायाङ्कन सुरु भएको हो ।
फिल्मको असारमै एक समारोह बिच शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्म काठमाडौँसँगै चितवन, काभ्रे र वीरगन्जमा खिचिनेछ ।
दीपेन्द्र के खनाल निर्देशक रहेको ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा रहनेछन् ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी दुईको सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।
फिल्मका निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल रहेकी छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित हुन् ।
छायाकंन सुरुवात भएसँगै निर्देशक खनालले ‘क्याप्टेन साब’ एक फरक खालको फिल्म निर्माण हुन लागिरहेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण