बोरिङमा पनि छैन पानी, खेतमा चिरा परेसँगै छियाछिया छ किसानको मन
सारांश
- रौतहटमा खडेरीका कारण बोरिङबाट पानी आउन छाड्यो, किसान चिन्तित छन्।
- प्रधानमन्त्री ओलीले ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरे पनि किसान कार्यान्वयनको प्रतीक्षामा छन्।
- तराई-मधेसका किसान आकाशे पानीमा निर्भर छन्, सिँचाइ सुविधा विस्तार हुन सकेको छैन।
रौतहट । खडेरीको सामना गरिरहेको मधेस प्रदेशको रौतहटमा अहिले बोरिङबाट पनि पानी आउन छाडेको किसानहरूले बताएका छन् । रोपाइँका लागि आकाशे वर्षाको भरमा रहने मधेसका किसानहरू अहिले खडेरी परेपछि व्याकुल भएका छन् ।
खेतका गराहरू चिरा परेका छन्, जसले उनीहरूको मनमा पनि गहिरो चिरा पारिदिएको छ । खेती किसानीलाई नै प्रमुख आयको स्रोत मानिरहेका यहाँका किसान पानीको अभावका कारण चिन्तित छन् ।
पानीको लागि घरमा भएका भाडाहरु बोकेर मानिसहरू यता उता भौँतारिरहेका छन् । अघिल्लो वर्ष पनि वर्षा ढिलो गरी सुरु भएको थियो । यो वर्ष त झन् मध्य मनसुनमा नै पानी पर्दिएन ।
_PjFknN7K8i.jpg)
बोरिङको भरमा बसेका कैयन किसान अहिले पानी नभेटाउँदा तनावमा रहेको रौतहटका एक किसान भूषण प्रसाद साहले रातोपाटीलाई बताए ।
सुख्खा ग्रस्त क्षेत्रको रूपमा घोषणा गरिएको मधेस प्रदेशको स्थलगत भ्रमणमा शुक्रवार गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान गर्नको लागि ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणा सुनेका साह भने सरकारले घोषणा मात्रै होइन कार्यान्वयन गर्न तर्फ अघि बढ्नु पर्नेमा जोड दिन्छन् ।
_HCVWsgCGIl.jpg)
“सरकारले घोषणा त गर्यो, तर यसको काम पनि घोषणा जसरी नै गरिदिए हुन्थ्यो । हाम्रो अवस्था ठिक छैन । हाम्रो अपिल यही नै छ सरकारले आफ्नो योजना छिट्टै कार्यान्वयन गरिदियोस्,” उनले भने ।
_aDbp87xEEw.jpg)
महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एउटा डिप बोरिङबाट ६० बिघा क्षेत्रफल सिँचाइ गर्न सकिने बताएका थिए । नेपालको अन्नको भण्डारको रूपमा तराई(मधेसलाई चिन्ने गरिएको भए पनि यहाँको खेती सबै आकाशे पानीको भरमा निर्भर रहेको छ ।
_akm10YxTTW.jpg)
नेपालको आर्थिक सर्वेक्षण २०८१–८२ अनुसार फागुन २०८१ सम्म कुल सिँचाइयोग्य जमिन २५ लाख ३६ हजार ३ सय १९ हेक्टरमध्ये ६२।२८ प्रतिशतमा मात्र सिँचाइ सुविधा विस्तार भएको छ । बाह्रै महिना सिँचाइ सुविधा पुगेको जमिन करिब २० प्रतिशत मात्रै छ ।
_dklPZOHMWR.jpg)
_R2zZDl9S4i.jpg)
_W5EKrsV21i.jpg)
_zEIGMs4ihK.jpg)
_kJRhzMgvKK.jpg)
_UtWFXH4urz.jpg)
_K3CnTddcSL.jpg)
_shPc9p2dLT.jpg)
_QbulWafzu2.jpg)
_u49cb2C6Kk.jpg)
_r5wNvAO92g.jpg)
_AUV1GFsGBI.jpg)
_TpLkvrrtAy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण