ट्रम्पको हस्तक्षेपपछि पनि थाइल्याण्ड-कम्बोडिया सीमामा झडप जारी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले कम्बोडिया र थाइल्याण्डका नेताहरूसँगको वार्तामा सीमा झडप रोक्न आग्रह गरे।
- कम्बोडियाले युद्धविरामको प्रस्ताव स्वीकार गर्यो, तर थाइल्याण्डले वार्ताको आवश्यकतामा जोड दियो।
- झडपमा हालसम्म कम्तीमा ३३ जनाको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन्।
बैंकक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार कम्बोडिया र थाइल्याण्डका नेताहरूसँग फोनमा कुरा गर्दै सीमामा जारी झडप तत्काल रोक्न आग्रह गरे पनि सीमा क्षेत्रमा गोलाबारी जारी रहेको छ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, ‘दुवै राष्ट्रले तत्काल भेट्न, छिटो युद्धविराम गर्न र अन्ततः शान्ति कायम गर्न सहमत भएका छन्।’
दुवै देशले ट्रम्पको चासो र प्रयासका लागि धन्यवाद व्यक्त गरेका छन्। कम्बोडियाले युद्धविरामको ट्रम्पको अनुरोध स्वीकार गरेको छ, जबकि थाइल्याण्डले दुई देशबिच वार्ताको आवश्यकतामा जोड दिएको छ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले ट्रम्पलाई कम्बोडिया उनको ‘दुवै सशस्त्र सेनाबिच तत्काल र बिना सर्त युद्धविरामको प्रस्तावसँग सहमत’ रहेको स्पष्ट पारे। उनले ट्रम्पको मध्यस्थताले ‘धेरै सैनिक र नागरिकको जीवन बचाउन साँच्चै मद्दत गर्नेछ’ भन्ने विश्वास व्यक्त गरे। कम्बोडियाले आफ्नो सेना थाइल्याण्डको भन्दा कमजोर भएको र थाई तोपखाना तथा हवाई हमलाबाट आफ्नो जमिन र उपकरण गुमाउँदै आएको छ।
थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थाम वेचचायाचाईले ‘राष्ट्रपति ट्रम्पलाई उनको चासोका लागि धन्यवाद’ दिँदै ‘थाइल्याण्ड युद्धविराम गर्न सैद्धान्तिक रूपमा सहमत भएको’ बताए। यद्यपि, थाई विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा थाइल्याण्डले कम्बोडियाबाट ‘इमानदार नियत’ हेर्न चाहेको र पहिले वार्ता हुनुपर्ने आफ्नो पुरानो अडानमा कायम रहेको उल्लेख छ।
जुलाई २४ मा सुरु भएको यस झडपमा हालसम्म कम्तीमा ३३ सैनिक र नागरिकको ज्यान गएको छ। यसैगरी, हजारौँ थाई र कम्बोडियाली नागरिक विस्थापित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण